दोलखा– माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन्।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि यससम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएको स्थानीयहरुको भनाइ छ।
आयोजनामा देखिएको बेतिथि, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धीत पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले मंगलबार आयोगमा ऊजुरी दर्ता गराएको युवानेता बर्मा लामाले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।