काठमाडौं– पछिल्लो तीनदिन देखि स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।