काठमाडौं– नेपालमा थप एक नयाँ रियालीटी शो हुने भएको छ।
‘नेपहपको श्रीपेच’ नामको र्याप म्युजिक रियालिटी शो हुन लागेको हो। डिस होम र मिडिया एकेडेमीको सहकार्यमा आयोजना हुन लागेको शोका लागि टिमले नेपालका केही ठूला सहरहरूमा गएर अडिसन लिने जनाइएको छ।
कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा उपस्थित भएर अडिसन लिन नमिल्ने ठाउँमा डिजिटल अडिसन हुने आयोजकको भनाइ छ।
शोमा र्यापर बालेन शाह र गिरिस खतिवडा निर्णायक हुनेछन्। बाँकी एक निर्णायकको चयन हुन बाँकी रहेको छ।
‘नेपहपको श्रीपेच’ रियालिटी सोका विजेताले १० लाख र उपविजेता ले ५ लाख रुपैयाँ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।