काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामि आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ। बैंकले बुधबार सूचना जारी गरि मौद्रिक नीतिमा राय÷सुझाव दिन आग्रह गरेको हो।
राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामि आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्छ। यसपटकको बजेटमा उल्लेखित अनुमानित लक्ष आर्थिक वृद्धि ९.८ प्रतिशतको हाराहरी र ६.५ प्रतिशतको मूल्य वृद्धिलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्ने भएकाले चुनौतिपूर्ण हुने अर्थविद्हरुले बताउँदै आएका छन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले प्रत्येक वर्ष मौद्रिक नीतिको लागि सुझाव माग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।