काठमाडौं– अभिनयसँगै गायनमा पनि सक्रिय रहेका वरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ।
गायिका मिलन नेवार र आचार्यको स्वरमा रहेको ‘ए कालु भेना’ बोलको गीत बिहीबार सार्वजनिक भएको हो।
आचार्यकै शब्द तथा संगीत रहेको गीतलाई किरन तुलाधरले एरेन्ज तथा श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका छन्।
गम्भीर विस्टले निर्देशन गरेको गीतको भिडियोमा आचार्यसँगै नाजिर हुसैन, आँचल शर्मा, आर्यन खरेललगायतले अभिनय गरेका छन् ।
गीत बिहीबार ‘गज्जव टिभी’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।