काठमाडौं- गायक सुगम पोखरेल र गायिका सुश्मा विश्वकर्माको आवाजमा ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ।
वर्षा सिवाकोटी र राज कटुवालले अभिनय गरेको म्युजिक भिडियो सहित गीत शुक्रबार सार्वजनिक भएको हो।
उक्त गीतमा सत्यराज चौलागाईंको शब्द रहेको छ भने संगीत सरोज पोखरेलले दिएका छन्। गीतमा उदयराज पौडेलको एजेन्ज र किरोश थापाको मिक्सिङ रहेको छ।
गीतको भिडियोलाई भने रामजी लामिछानेले निर्देशन तथा रोशन पाण्डले निर्माण गरेका छन्। गीत जस्तै गीतको भिडियो पनि प्रेमिल विषयमा बनेको छ भने गीतलाई ‘एट के एभरेस्ट मोसन पिक्चर्स’ को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।