काठमाडौं- गायनसँगै उद्घोषणमा सक्रिय रहेका गायक आदित्य नारायणले भारतको लागि सांगितिक क्षेत्रको चर्चित अवार्ड ग्रामी ल्याउने सपना रहेको बताएका छन्।
नेपाली मुलका गायक उदितनारायण झाका छोरा आदित्यले अब उद्घोषण छाडेर पूर्ण रुपमा संगितमा केन्द्रित हुने बताउँदै भारतको लागि ग्रामी ल्याउने सपना भएको बताएका हुन्।
‘म अब रियालिटी शोको उद्घोषण छोड्दै छु’, आदित्यले भनेका छन्, ‘२०१५ देखि निरन्तर यही काम गरिरहेको छु। सारेगामापादेखि इन्डियन आइडल, राइजिङ स्टार, खिलाडीजस्ता कैयौं शो होस्ट गरिसकें। होस्टिङ छाडेर अब पूर्ण रुपमा संगितमा केन्द्रित हुन्छु।’
आदित्यले अहिलेको समय जीवनमा केही गर्नुपर्ने समय भएकाले यो निर्णय लिएको बताएका छन्। अब आफूले म्युजिक एल्बमदेखि टेलिभिजन तथा डिजिटलमाध्यमका लागि कन्टेन्ट उत्पादन गर्ने सोच बनाएका छन्। उनले भनेका छन्, ‘भारतको लागि ग्रामी जितेर ल्याउने मेरो बाल्यकालदेखि कै सपना हो। त्यो सपनामा पनि काम गर्ने यहि समय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।