काठमाडौं– लाइफ इन एलए फिल्मको गीत ‘पागल प्रेमी’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको गीतलाई प्रताप दास र कविता श्रेष्ठले आवाज दिएका छन् भने यसमा शब्द सुन्दर पन्तको छ। एलिस कार्कीको संगीत रहेको गीतलाई शैलेन्द्र मान प्रधानले एरेन्ज गरेका छन्।
सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको फिल्म ब्यास इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको छ। नेपाल र अमेरिकामा छायांकन गरिउको फिल्म प्रेम कथाको सेरोफेरोमा घुमेको निर्माण पक्षले बताएको छ। फिल्ममा अकेशा विष्ट, ब्यास विस्सु, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, लोकेन्द्र लेखक, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ।
फिल्मका कार्यकारी निर्माता संसार अञ्जान सुवेदी रहेका छन् भने यसको सह निर्देशन दीपक ओलीले गरेका छन्। कविराज गहतराज तथा सुरज श्रेष्ठले फिल्ममा कोरियोग्राफी गरेका छन् भने यसमा एलिस कार्की र प्यार्टिक पौडेलको संगीत संयोजन रहेको छ।
विश्व सुवेदीको लेखन रहेको फिल्मको पटकथा तथा संवाद भने सूर्यप्रकाश क्षेत्रीले लेखेका छन्। निर्माण पक्षकाअनुसार फिल्मलाई दसैंको अवसर पारेर प्रदर्शन गरिने तयारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।