काठमाडौं– अभिनेत्री परिमिता राणा अभिनय मात्रै गर्दिनन्, गायनमा पनि सक्रिय छिन्। ‘चंगा चेट’, ‘द म्यान फर्म काठमाडौं’लगायत फिल्ममा अभिनय गरेकी परमिताको गीति एल्बम ‘क्विन’ केही वर्षअगाडि सार्वजनिक भएको थियो। उक्त एल्मबमा समावेश गीत ‘मायाको भुल’को भिडियो शुक्रबार सार्वजनिक भएको छ।
परमिताको आवाजमा रहेको गीतमा करुना श्रेष्ठ र आशिष केसीले अभिनय गरेका छन्। गीतको शब्द परमितासँगै पिरो रानाले लेखेका हुन्। भिडियोको निर्देशन, सम्पादन तथा भिएफएक्स जेम्स श्रेष्ठले गरेका छन्।
धोका पाएपछि एक युवतीले गरेको अनुभवलाई गीतमा प्रस्तुत गरिएको छ। भिडियो पनि सोही कथाको वरपर रहेर निर्माण गरिएको छ। गीतको भिडियो परमिताकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।