काठमाडौं– अभिनेता विपिन कार्की सिनेमामा मात्रै होइन्, म्युजिक भिडियोमा गर्ने अभिनयले पनि चर्चित छन्। ‘बटौली’, ‘डर छैन’जस्ता गीतमा उनले गरेको अभिनयको निकै तारिफ पनि हुन्छ। सिनेमामा जस्तै म्युजिक भिडियोको अभिनयमा पनि उनी अब्बल देखिएका छन्।
नयाँ गीत ‘सुनैको दरबार’मा पनि उनको यस्तै अब्बल अभिनय देख्न सकिन्छ। लुनिभा तुलाधरसँग म्युजिक भिडियोमा देखिएका विपिनले तराईंको एक युवकको भूमिका निभाएका छन्।
प्रमोद खरेल र अस्मिता अधिकारीले गाएको गीतमा प्रेमी र प्रमिकाले एकअर्कालाई भौतिक आवश्यकताभन्दा माथि उठेर गरेको प्रेमलाई दर्शाइएको छ। तराईंको भू–भागमा खिचिएको म्युजिक भिडियोमा समथल परिदृश्यहरु देखाइएका छन्। म्युजिक भिडियोमा विपिन कहिले गोठाला बनेका छन्, त कहिले माझीको भेषमा देखिएका छन्।
क्षितिज सापकोटाको शब्द रहेको गीतमा संजित संयोजन दिपकराज विश्वकर्माले गरेका छन् भने एरेन्ज पुस्कर सुनुवारको छ। भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् भने विकास दाहालले यसलाई सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।