काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुन पनि प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर आज ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।