काठमाडौं- गायिका विष्णु माझीलाई कुनै परिचयको खाँचो छैन्। गुमनाम रहेकी माझीको पछिल्लो गीतले नेपाली गीतसंगीतसँगै युट्युबका तमाम रेडर्कहरु तोडेको छ।
‘चरि जेलैमा’ गीत सर्वजनिक भएकै समयमा उनको गुमनाम जीवनको थप चर्चा भइदिदाँ पनि गीतलाई टेवा पुगेको थियो।
‘चरि जेलैमा’पछि माझीले गाएको दशैंतिहार विशेष गीत ‘दशैं तिहार आइसक्यो’ले पनि उत्तिकै चर्चा बटुल्ने देखिएको छ। ‘सपना म्युजिक इन्डस्ट्रिज’को युट्युब च्यानलमार्फत बुधबार साँझ सार्वजनिक भएको गीतले एक दिनमा नै करिब पाँच लाख भ्युज पाइसकेको छ।
माझीको गुमनाम जीवनको चर्चा उत्कर्षमै रहेको बेला यो गीत झन् चर्चित हुने सहजै अनुमान लगाउन सकिन्छ।
माझीको यो गीतको शब्द तथा संगीत उनका श्रीमान सुन्दरमणी अधिकारीले नै लेखेका छन् भने गीतको म्युजिक भिडियोलाई पनि अधिकारीले नै निर्माण तथा निर्देशन गरेका हुन्। माझीको गायनमा कोरस महिमा आचार्यको रहेको छ।
प्रिया विष्टले अभिनय गरेको भिडियोमा कोरियोग्राफी शिव बिकले गरेका छन्। मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीत भिडियोलाई सम्भु चालिसेले खिचेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।