काठमाडौं- केही समयअघि तीज विशेष भनेर निकालिएको गीत ‘ख्यास्स पुतली’ विवादमा आएपछि दुर्गेश थापालाई लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिस्कार गर्ने कुरा उठेको थियो।
प्रतिष्ठानले यो विषयलाई लिएर पत्र पठाउँदै गीतका शब्द परिवर्तन गर्न ध्यानाकर्षण गरेको थियो। तर, त्यो बेला दुर्गेशले गीतबाट यसको जवाफ दिने बताएका थिए।
विवाद उत्पन्न भएको केही महिनापछि दुर्गेशले ‘बहिस्कार’ शिर्षककै गीत सार्वजनिक गरेका छन्। तीन विशेष भएर आफूले निकालेको ‘बिच्च बिच्चमा–४ ख्यास्स पुतली’को विषयमा उठेको विवादको जवाफ दिँदै उनले ‘बहिस्कार’ निकालेका हुन्। गीत शुक्रबार साँझ ‘डि सिरिज’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतमा संगीत संयोजनसमेत गरेका दुर्गेशको गायनलाई सशह शाक्यले साथ दिएका छन् भने शब्द दुर्गेशकै छ। गीतको र्याप भने शहसले नै लेखेका हुन्। शिव बिकले निर्देशक गरेको गीतको भिडियोमा दुर्गेशसँग अहिले चल्तीका म्युजिक भिडियो अभिनेता पल शाहले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।