अमेरिकी पप गायिका ब्रिट्नी स्पीयर्स लामो समयदेखि आफ्नो बुवा जेमी स्पीयर्ससँग द्वन्द्वमा थिइन्। आफ्नो बुवाको सोच ‘रुढिवादी’ भएको भन्दै उनको संरक्षणबाट छुटकारा पाउन अदालतमा मुद्दा समेत हालेकी थिइन्। अब भने ब्रिट्नीले आफ्नो बुवाबाट छुटकारा पाएकी छिन्।
अमेरिकी अदालतले बुधबार ब्रिट्नीलाई बुवाको संरक्षणबाट मुक्त गराएको हो। अब ब्रिट्नीले आफ्नो जीवन र आफ्नो आम्दानीमा एकल हक जमाउन पाउने छिन्।
उनका बुवा जेमीले सन् २००८ बाट ब्रिट्नीको जीवनमा संरक्षकको भूमिका निभाउँदै आएका थिए। ब्रिट्नीले कमाउने पैसादेखि उनको जीवनमा नै बुवाको अधिकार थियो।
सन् २००८ मा ब्रिट्नीले नशाजन्य औषधिको सेवन तथा कुटपिटमा संलग्न भएको भन्दै कानुनी रुपमै उनको संरक्षकको रुपमा बुवालाई नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।