काठमाडौं– गायन रियालिटी शो 'नेपाल आइडल'को तेस्रो संस्करणकी विजेता सज्जा चौलागाईंको नयाँ गीत ‘प्राप्ती’ सार्वजनिक भएको छ।
चौलागाईंले आफ्नो सांगीतिक समूह लोडिङसँग गाएको गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो।
सज्जाको ‘हजार यात्रा’ नामक एल्बमको यो पहिलो गीत हो। गीतमा महिलामाथि हुने दुर्व्यवहारको विरुद्ध उभिएकी महिलाको कथा प्रस्तुत गरिएको छ।
गीतको सांगीतिक पक्षमा सज्जासँगै उनको सांगीतिक समूह लोडिङका पेम्बा छिरिङ तामाङ, जेम्स सिंह, अरोन सिंह, अभिनास अछामी, शिशिर गुरुङ गिरीलगायत रहेका छन्। गीतको मिक्सिङ समिकले गरेका छन्।
गीतको भिडियोमा सज्जा र उनको समूह देखिएको छ। म्युजिक भिडियोको निर्देशन तथा सम्पादन संञ्जित के घिसिङले गरेका छन् भने यसलाई बिसाल थापा र घिसिङले संयुक्त रुपमा खिचेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।