काठमाडौं– औपचारिक नभएपनि अभिनेत्री निता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको प्रेमबारे धेरैलाई थाहा छ। वास्तविक जीवनमा सँगै रहेका उनीहरु स्क्रिनमा पनि सँगै देखिने गरेका छन्।
निता ढुंगानाले निर्देशन गरेको ‘जय जय नीलकण्ठ’ बोलको गीतको म्युजिक भिडियोमा उनीहरु सँगै देखिएका छन्। गायक सुगम पोखरेलले गाएको धार्मिक गीतमा निता र हरिहरको जोडी देखिएको हो।
हरिहरकै शब्द रहेको गीतको संगीत संयोजन भने विशाल निरौलाले गरेका छन्। निरौलालाई संगित संयोजनमा संञ्जिव बराइली (गितार), रत्न विक (बासुरी) र भुवन गन्दर्ध (डमरु)ले साथ दिएका छन्। त्यस्तै, गीतको कोरशमा राजन राई, प्रशान्त पौडेल र विष्णु भट्टको आवाज रहेको छ।
निताको निर्देशन रहेको भिडियोको परिकल्पना हरिहरले गरेका हुन्। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोलाई बनिश शाहले सम्पादन गरेका छन्। गीतमा लगानी सावित्रि अधिकारीले गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।