काठमाडौं- गीतकार विष्णु इङ्नाम लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ।
लामो समयदेखि हङकङमा बस्दै आएका गीतकार इङ्नामले यसपटक हङकङकै परिवेशलाई समेटेर ‘हङकङ सिटी’ बोलको गीत तयार गरेका छन्। उक्त गीतको भिडियो सोमबार गीतकार इङ्नामकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
‘हङकङ सिटी’ गीतको भिडियोलाई पछिल्लो समय व्यस्त निर्देशनमा रहेका रणवीर शेर्मा (रवि शेर्मा)ले निर्देशन गरेका हुन्। नेपालमै छायांकन गरिएको भिडियोमा तान्छोहाङ इङ्नाम, लक्ष्मी योङहाङ लिम्बू र नीतु मादेनले अभिनय गरेका छन्।
‘हङकङ सिटी’मा स्वर तथा संगीत साक्थिम योङ्याको रहेको छ। चन्दु गोर्खालीको एरेञ्ज, सामुइलले लामाको छायाँकन रहेको यस भिडियोलाई इशक जबेगुले सम्पादन गरेका हुन्।
गीत संगीतप्रति लगाव राख्दै आएका गीतकार इङ्नामको यो पछिल्लो गीतको भिडियो हो। यसअघि उनका थुप्रै गीत तथा भिडियो दर्शक तथा स्रोतामाझ आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।