काठमाडौं- पछिल्लो २४ घन्टामा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा ७९२ संक्रमित थपिएका हुन्।
सोही अवधिमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यससँगै सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।