विराटनगर- प्रदेश १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण भएको छ।
एक सय १९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो। सुनसरीको इटहरीमा ११, धरानमा तीन र रामधुनीमा एक, मोरङको विराटनगर र सुन्दरहरैचामा दुई/दुई झापाको भद्रपुर र मेचीनगरमा एक/एक र उदयपुरको उदयपुरगढीमा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा आजै ५७ महिलासहित ११९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सो अवधिमा एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।