विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। हिजो २१ जनामा सङ्क्रण देखिएको थियो।
प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्। कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक/एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ।
सोही अवधिमा २६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक/एक जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशमा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।