काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल आठ हजार ७७ जनाको नमूना परीक्षण गर्दा ३९१ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३८५ र एन्टिजेन विधिबाट छ जना संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ९६६ जनाको पीसीआर र एक हजार १११ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
गत २४ घण्टाभित्र थप छ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।