काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप ६८० जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित भइ निको हुनेको संख्या सात लाख ८१ हजार ४५६ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।