काठमाडौं- गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा गरिएको नमूना परीक्षणमा १४५ जनामा संक्रमण देखिएको हो।
प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार कास्की ८८,बागलुङ १३, स्याङ्जा २४, म्याग्दी ३,पर्वत ५,गोरखा २ तनहुँ ७ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ७३९ पुगेको छ।
गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। मृतक सबै कास्की जिल्ला अन्तरगत पोखरा महानगर क्षेत्रका हुन्।
योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको छ। त्यसैगरी, गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।