काठमाडौं– गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप कात्तिक ८ गते (साेमबार) नेपाल आइपुग्ने भएको छ।
माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएकाे हाे। उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ। फाइजरको खोपको गाइडलाइन बनाउने कार्यसमेत भइसकेकाे छ।
उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।