काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल नौ हजार ३७६ जनाको नमूना परीक्षण गर्दा ७०८ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५७४ र एन्टिजेन विधिबाट १३४ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल सात हजार २५३ जनाको पीसीआर र दुई हजार १२३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ९३२ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।