काठमाडौं- चीनबाट नेपालमा आज (बुधबार) थप १० लाख २० हजार डोज खोप आएको छ। सरकारले काेभ्याक्ससँगको कष्ट सेयरिङमा खरिद गरेको कोभिडविरुद्धको खोप आज बिहान नेपाल आइपुगेको हो।
खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।
सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो।
खोप टेकुस्थित भण्डारणमा राखिएको छ। यसअघि पनि चीनबाट सरकारले ६० लाख डोज खोप खरिद गरेर ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।