काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पीसीसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।
आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन्।
देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७७ हजार २०७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।