काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५५ परीक्षण गर्दा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार कोरोनाका कारण सो अवधिमा २ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ जना रहेका छन्। ६६४ जना सो अवधिमा कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।