काठमाडौं– माल्दिभ्सबाट आज एक लाख डोज कोरोनाविरुद्धकाे खोप आइपुग्ने भएकाे छ। माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको एक लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आज दिउँसो नेपाल आइपुग्ने भएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत दिउँसो १ बजे उक्त खोप नेपाल आइपुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।