काठमाडौं– नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ६६४ जनाको नमूना परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४१६ पुगेको छ।
गत २४ घण्टामा ४९० जना कोरोना भाइरसको संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। हाल देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।