काठमाडौं- सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाएर आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।
उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गइ खोप लगाउन सबैमा अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।