फाइल तस्बिर काठमाडौं– चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपको १६ लाख मात्रा (डोज) आज (बुधबार) नेपाल आइपुग्ने भएको छ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।
गत साउन १ गते प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदान स्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराइने जानकारी दिएकी थिइन्।
चीनले नेपाललाई यस अगाडि नै १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।