काठमाडौं- भारतमा बनेको कोरोनाविरुद्धको खोप 'कोभ्याक्सिन' लाई विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको अनुमति दिएको छ।
पछिल्लो केही महिनायता कोभ्याक्सिन बनाउने भारतीय कम्पनी भारत वायोटेक र विश्वस्वास्थ्य संगठनबीच यसबारेमा कुराकानी भइरहेको थियो।
संयुक्त राष्ट्र संघको उक्त संगठनले समय-समयमा भारतमा बनेको यस भ्याक्सिनका बारेमा निर्मातासँग विस्तृत जानकारी माग गरेको थियो ताकि यसको अन्तर्राष्ट्रिय मापदण्ड जाँच गर्न सकियोस्।
डब्ल्यूएचओले गरेको ट्वीटमा लेखिएको छ, " डब्ल्यूएचओले भारत वायोटेकद्वारा निर्मित भ्याक्सिनको 'इमरजेन्सी यूज लिस्टिङ' मा सामेल गरेको छ। अब कोभिडको रोकथामका लागि थप एक खोप जोडिएको छ।"
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।