काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट २८७ र एन्टिजेन विधिबाट ६९ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल ३ हजार २५९ जनाको पीसीआर र ३ हजार १२५ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यस्तै, ५१८ जना निको भएर फर्किएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ। संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।