काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३७ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका विभिन्न स्थानमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८४, भक्तपुरमा १९ र ललितपुरमा ३४ संक्रमित थपिएका छन्।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमिको संख्या एक हजार ९२३ रहेको मज्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।