काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न स्थानमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४७, भक्तपुरमा २२ र ललितपुरमा ९ संक्रमित थपिएका छन्। हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमिको संख्या एक हजार ७६५ रहेको मन्त्रालयले जनाएको छ।
देशभर भने १८३ जनामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४४ जनामा गरिएको परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १७४४ र एन्टिजेन विधिबाट ९ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल २ हजार ३०७ जनाको पीसीआर र २ हजार ५३७ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ।
सोही अवधिमा ६४९ जना निको भएका छन्। यससँगै नेपालका कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ४३८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।