काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९३२ जनामा गरिएको परीक्षणबाट १३९ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ३९६ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै नेपालका कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ८३४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।