काठमाडौं– नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १६ हजार ७३६ जनाको नमूना परीक्षण गर्दा मंगलबार ५३३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ९१८ जनाको पीसीआर र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ४४३ र एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ।
गत २४ घण्टामा ४८४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।