काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २ जना कोरोना संक्रमित थपिएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरि पछिल्लो २४ घण्टामा २०२ जना संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा १ सय ५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जना संक्रमित थपिएका छन् भने सोही अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।