काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ६५३ जनाको परीक्षण गर्दा ३१७ जना संक्रमित थपिएका हुन्।
९ हजार ६०९ जनाको पीसीआर र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ।
नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन्।
कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।