काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा झरेको छ। आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको छ।
चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।