काठमाडौं- नेप्सेले सोमबार एकैदिन सांग्रिला डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकको २ दशमलब ५० प्रतिशत बोनस सेयरपछिको मूल्य नेप्सेले १ सय ५९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य २ सय २८ दशमलब ५१ रुपैयाँ दिएको थियो।
त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको २६ दशमलब ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य नेप्सेले १ सय ६७ दशमलब ५७ रुपैयाँ तोकेको छ। त्यस्तै, आधारभूत मूल्य २ सय ३४ दशमलब २५ रुपैयाँ दिएको थियो।
यता, मञ्जुश्री फाइनान्सको समायोजनपछिको मूल्य नेप्सेले १ सय २२ दशमलब ९८ रुपैयाँ दिएको छ भने आधारभूत मूल्य १ सय ३६ दशमलब ४९ रुपैयाँ दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।