काठमाडौं- नेपालमा हालसम्म ७५ लाख ८० हजार १३३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।
सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएका छन्। योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ६४ लाख ५६ हजार ४४० मात्रा खोप लगाइसकिएको छ। नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।