काठमाडौं– अमेरिकी कम्पनी फाइजर इंकले बनाइरहेको कोभिड–१९ का बिरामीको उपचारका लागि प्रयोग हुने एन्टिभाइरल औषधिको उत्पादन अनुमति अन्य मुलुकलाई पनि दिने भएको छ।
कम्पनीले मंगलबार एक घोषण गर्दै न्यून तथा मध्यम आय भएका ९५ देशका जेनरिक औषधि उत्पादकलाई सो औषधि उत्पादनको अनुमति दिने बताएको हो।
यी देशहरुलाई अन्तरराट्रिय जनस्वास्थ्य समूह मेडिशिन्स प्याटेन्ट पुल (एमपीपी)सँगको लाइसेन्सिङ सहमतिमार्फत जेनरिक औषधि उत्पादनको अनुमति दिन लागिएको कम्पनीले जनाएको छ।
क्लिनिकल परीक्षणमा चक्कीले बिरामीको अस्पतालमा भर्ना हुने वा गम्भीर समस्याका कारण मृत्यु हुने सम्भावना ८९ प्रतिशतले कम गरेको फाइजरले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।