काठमाडौं– नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ९९३ जनाको नमूना परीक्षण गर्दा बुधबार ४१२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार १०६ जनाको पीसीआर र १ हजार ८८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ।
गत २४ घण्टामा २०२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ६३६ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।