काठमाडौं- ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्र खोप लगाउँदै छ।
महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते(बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ-आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन सक्ने ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।