काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल १२ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ३८५ जनामा कोरोना 'पोजिटिभ' देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३६७ र एन्टिजेन विधिबाट १८ संक्रमित पहिचान भएका छन्।
उक्त अवधिमा कूल नौ हजार ९२१ जनाको पीसीआर र दुई हजार ७७६ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, २५८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।