काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारतसँग समझदारी गरेको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमका बीच खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएका हरुलाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।
कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या नहोस् भनेर सम्झौता गरिएको डा पोखरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।