काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षण गरि १० हजार १ सय ७४ जनाको परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ।
सो अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।