काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चितवनको एमाले महाधिवेशनलाई मध्यनजर गरि खोप केन्द्र राख्न निर्देशन दिएका छन्।
एमालेको महाधिवेशन चितवनमा शुक्रबारदेखि सुरु हुँदैछ। चितवनमा भिडभाड बढ्ने हुनाले कोरोना खोपको व्यवस्थासहितको डेस्क सञ्चालन गर्न कर्मचारीलाई मन्त्री खतिवडाले निर्देशन दिए।
एमालेको नामै नलिइ उनले भने, ‘चितवनमा एउटा पार्टीको सम्मेलन हुँदैछ। आजैबाट चितवनमा डेस्क राखिदिनुस्। २० हजारले खोप लिनेछन्।’
कांग्रेसले महाधिवेशन प्रतिनिधि छान्ने क्रममा पनि जिल्ला जिल्लामा भिड भएकाले ती स्थानमा पनि खोप केन्द्र राख्न उनले सुझाए।
सभा, सम्मेलन, बस स्टेशन, सप्ताह लगायत भिडभाड हुने ठाउँमा खोप केन्द्र राख्न सकिनेतर्फ उनले कर्मचारीलाई सचेत बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।